दफा २४
प्रतिवेदन पेश गर्ने
(१) जिल्ला समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र देहायका विवरण खुलाई समितिमा प्रतिवेदन पेश गर्नु पर्नेछः-
(क) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी तथा प्रयोगको अवस्था,
(ख) अनुमतिपत्रको शर्त बमोजिमको कार्य भए वा नभएको विवरण,
(ग) नष्ट वा विसर्जन गरिएको तेजाब वा अन्य घातक रासायनिक पदार्थको मात्रा वा परिमाण,
(घ) तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोगको कारणले कुनै घटना वा दुर्घटना भएको भए सोको विवरण,
(ङ) जिल्ला समितिले आवश्यक ठानेका अन्य विवरण ।
(२) उपनियम (१) बमोजिम जिल्ला समितिले पेश गरेको प्रतिवेदन समेतको आधारमा देहायका विवरण समेत खुलाई समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्नु पर्नेछः-
(क) उपनियम (१) को खण्ड (क), (ख), (ग) र (घ) बमोजिमको मुलुकभरीको विवरण,
(ख) तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग समेतको विषयमा सुधार गर्नु पर्ने नीतिगत विषय भए सोको व्यहोरा,
(ग) समितिबाट सञ्चालन भएका सचेतनामूलक कार्यको विवरण,
(घ) समितिबाट भएका उपलब्धि र सुधार गर्नु पर्ने कुनै विषय भए सोको व्यहोरा,
(ङ) नेपाल सरकारले कार्यान्वयन गर्नु पर्ने कुनै विषय भए सो विषय।
(३) उपनियम (२) बमोजिमको प्रतिवेदन मन्त्रालयले आफ्नो वेबसाइटमा राखी सार्वजनिक गर्नु पर्नेछ ।